दाउन्नेमा सडक भासिंदा सवारी आवागमनमा कठिनाइ

पूर्वी नवलपरासी- पूर्व पश्चिम राजमार्ग अन्र्तगत पूर्वी नवलपरासीको दाउन्नेमा सडक भासिएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार सडक भासिंदा दाउन्नेमा सवारी साधन एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।

अघिल्लो वर्ष सडक छेउको घर भासिएको स्थानमा थप पहिरो जाँदा सडक भासिएको हो । सडक डिभिजन कार्यालयको संयोजनमा आज मर्मतको काम शुरु गर्ने प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो ।

बुटवल–नारायणगढ सडक विस्तारका क्रममा जीर्ण भएको दाउन्ने खण्डको यात्रा अहिले निकै कष्टकर भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.