भारत र अष्ट्रेलियाबीच समुद्री सुरक्षा वार्ता

नयाँ दिल्ली-  भारत र अस्ट्रेलियाबीच छैटौँ सामुद्रिक सुरक्षा संवाद मङ्गलबार क्यानबेरामा सम्पन्न भएको विदेश मन्त्रालयले जनाएको छ ।

भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश मन्त्रालयको निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा मामिलाका सहसचिव मुआनपुई साइआवीले गर्नुभएको थियो भने अष्ट्रेलियाली प्रतिनिधिमण्डलको नेतृत्व दक्षिण एसिया तथा मध्य एसिया डिभिजनका प्रथम सहायक सचिव सारा स्टोरीले गर्नुभएको थियो ।

दुवै पक्षबीच समावेशी विकास र विश्वव्यापी कल्याणका लागि अनुकूल सुरक्षित समुद्री वातावरण कायम राख्ने तरिकाहरूबारे छलफल भएको छ ।

उहाँहरुले इन्डो–प्यासिफिक क्षेत्रमा समुद्री सुरक्षा वातावरण, मानवीय सहायता र विपद् राहत (एचएडीआर) समन्वय, क्षेत्रीय र बहुपक्षीय संलग्नता र समुद्री स्रोतहरूको दिगो प्रयोगलगायत आपसी चासोका विभिन्न विषयहरूमा विचार आदानप्रदान गर्नुभयो ।

दुवै पक्षले यी क्षेत्रहरूमा आफ्नो द्विपक्षीय सहयोगलाई अझ सुदृढ पार्ने तरिका र साधनबारे पनि छलफल गर्नुभयो ।

वार्ताको अर्को चरण पारस्परिक रूपमा सुविधाजनक मितिमा नयाँ दिल्लीमा आयोजना गर्न दुई देश सहमति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.