सडक माथिबाट ठूलो ढुङ्गा खस्दा​ पृथ्वी राजमार्ग अवरुद्ध

धादिङ- पृथ्वी राजमार्ग अन्तर्गत मौवा खोला मुग्लिन सडक खण्डको ईच्छाकामाना गाउँपालिकामा पर्ने चुम्लीङ्गटारमा खसेको पहिरोका कारण राजमार्ग दुबैतर्फ बन्द भएको छ ।

राजमार्ग हुँदै आवत जावत गर्ने यात्रुबाहक र मालवाहक ठूला तथा साना सवारीका साधनहरु पहिरोका कारण बाटोमा नै रोकिएका छन् ।

राजमार्गमा ठूलो ढुङ्गा खसेकोले हटाउने प्रयास भइरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

सडक सुचारु गर्न केही समय लाग्ने सडक विभागले जनाएको छ । रातिदेखी वर्षा भइरहेकोले राजमार्गको ठााउठाँउमा स–साना पहिरो भने खसिरहेको सडक विभागले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.