खांदबारीका आठ घर पहिरोको उच्च जोखिमा 

खांदबारी- संखुवासभा सदरमुकाम खाँदबारी नगरपालिका- ५ रमितेमा आठ घर पहिरोको उच्च जोखिममा परेका छन्। गाउँमाथिबाट जमिन चिरिएर लगातार पहिरो खसिरहेको र लगातार वर्षा भइरहेकाले पहिरो भएको ठाउँमा दुईवटा ठूला ढुंगा रहेकाले पहिरोसँगै सो ढुंगा खस्ने खतरा बढेको स्थानीय रामबहादुर गुरुङले बताउनुभयो । पहिरोका कारण दिनरात त्रास बाढेको गुनासो गर्दै स्थानीय सरकारले ढुंगा हटाउन सहयोग गर्नुपर्ने गुरुङले बताउनुभयो ।
कोसी राजमार्गको मोटरबाटो गगनेदेखि  रमिते गाउँ हुँदै   लगिएको छ । एकान्तमा रहेको रमिते गाउँभन्दा माथि देउरालीबाट सडक गाउँसम्म पुर्‍याइएको छ। गाउँमाथिबाट ट्र्याक खोलिएको र गाउँमाथि नै प्याराग्लाइडिङ उडानका लागि मैदान बनाइएको माटो धस्सिएर पहिरोको खतरा बढेको रमितेका स्थानीयहरू बताउँछन्।
गाउँमा पहिरोको जोखिम बढेको खबर पाएपछि खाँदबारी नगरपालिकाका उपमेयर महेश्वर बज्राचार्य नेतृत्वमा खाँदबारी- ५ का वडाध्यक्ष टंकबहादुर घिमिरे र खाँदबारी- ४ का कार्यबाहक वडाध्यक्ष पवित्रा गुरुङ लगायत नगरका टोलीले स्थलगत अवलोकन गरेका छन् । पहिरो अवलोकनपछि उपमेयर बज्राचार्यले नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम विनियोजन गरी तारजालीसहित ढुंगा फुटाउने आश्वासन दिनुभयो ।
केही वर्षअघिदेखि गाउँ पहिरोको जोखिममा छ । बर्खाको समयमा सडक चिरा परी जमिन धस्सिनुका साथै ढुंगा पल्टिएर घरहरू किच्ने खतरा बढेको स्थानीय बताउँछन्। गत वर्ष खाँदबारी नगरपालिकाको आर्थिक सहयोगमा केही रोकथाम गर्ने प्रयास गरी तारजाली लगाइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.