गल्याङ नगरपालिकाले दियो कृषकलाई दुधमा अनुदान

 स्याङजा –  नेपालमै पहिलो पटक स्याङजाको गल्याङ नगरपालिकाले दुधमा प्रतिलिटर १५ रुपैया अनुदान दिन थालेपछि कृषकहरुको कृषि तथा पशुपालनमा आकर्षण बढेको छ । जसका कारण किसान र पशु पालन संख्यामा पनि वृद्धि भएको छ ।

नगरपालिकाले कृषि तथा पशुपालन गर्ने किसानका लागि घाँस, दूध राख्ने भाडा, जुका, माटे लगायतका औषधी तथा गोबर परीक्षण, गोठ सुधार, पशु प्राविधिक सहयोग समेत उपलब्ध गराउँदै आएको छ ।

गएको वर्ष नगरपालिकाबाट ब्याक्तिगत रुपमा संचालनमा रहेको बिन्दवासीनी फार्मले ४ लाख ३६ हजार सम्म नगद अनुदान पाएको थियो । यसैगरी पालिका भित्र संचालनमा रहेका झोल्पे गाउ सु्धार दुग्ध उत्पादन सहकारी तथा कालीगण्डकी दुग्ध उत्पादन सहकारी सस्था लगायत १८ दुग्ध सहकारी सस्था मार्फत पालिकाले गएको वर्ष करिब ६४ लाख ८७ हजार ९ सय ६५ रुपैया किसानलाई अनुदान वितरण गरेको थियो ।

कृषि मार्फत परिवर्तन र समृद्धि सम्भव भएकाले कृषिमा आकर्षण बढाउनेगरी विभिन्न खालका कृषि सम्बन्धी कार्यक्रम सञ्चालन र निरन्तरता दिँदै आएको पालिकाले किसानले प्रति लिटर दूधको मुल्य ८५ देखि १सय १० रुपैयाँसम्म पाउने गरेका छन्। । सो बाहेक नगरपालिका वाट प्रतिलिटर १५ रुपैयाँ उपलब्ध गराउँदै आएको गल्याङ नगरपालीका प्रमुख गुुरु प्रसाद भट्टराईले जानकारी दिनुभयो । नगरपालिकामा स्थानीय तथा उन्नत जातका ८ हजार ५० भैंसी तथा ७ सय ५० वटा गाई रहेका छन । त्यसैगरी उन्नत जातका ४ वटा साढे र १ सय ४ वटा राँगो रहेको पालिकाको पशु शाखाले जनाएको छ ।

गत वर्ष पालिकामा ४ लाख ३२ हजार ५३१ लिटर दूध निर्यात भएको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.