सबै राजनीतिक दलको सहमतिबाटै शान्तिप्रकृया पूर्णताको चरणमा-प्रचण्ड

काठमाण्डौँ- पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संङ्क्रमणकालीन न्याय सम्बन्धि विधेयक पारित भएसंगै शान्ति प्रकृयाका बाँकी काम पुरा हुने विश्वास व्यक्त गर्नु भयो ।

प्रतिनिधि सभामा आज टिआरसी विधेयकमाथिको छलफलको क्रममा माओवादी अध्यक्ष प्रचण्डले विधेयक पारित भएपछि शान्ति प्रक्रियाका बाँकी कामले पूर्णता पाउने विश्वास व्याक्त गर्नुभयो ।

सबै राजनीतिक दलको सहमतिसंगै शान्तिप्रकृयाको बाँकी काम पुरा हुने चरणमा पुगेको भन्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रकै भूमिकाको कारणले नेपाल संङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म पुगेको वताउनु भयो ।

शान्ति र समृद्द्धीको निम्ति जे गरेका छौ त्यो विस्तृत शान्ति सम्झौतामा उल्लेख गरिएको बुँदाहरुको आधारमा भएको भन्दै विश्वकै नमुना शान्ति प्रकृया भएको दावी पनि अध्यक्ष प्रचण्डले गर्नु भयो ।

अध्यक्ष प्रचण्डले सेना समायोजन र हतियार व्यवस्थापना गरेबापत पार्टी फुटे पनि देश लोकतान्त्रिक गणतन्त्रमा गएको र संविधानसभाबाट संविधान प्राप्त गर्नु महत्वपूर्ण उपलब्धि भएको पनि वताउनु भयो ।

वेपत्ता पारिएका व्यक्तिको छानविन र सत्यानिरुपण तथा मेलमिलाप आयोग सम्बन्धि विधेयकमा जुन सहमति जुटाउन सफल भयौ यसले मुलुकमा दिगो शान्ति स्थापना गर्न र मुलुक अग्रगमनमा लाग्ने बाटो स्पष्ट भएको वताउनु भयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.