सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई दुई तिहाई मत

 

धनगढी –  सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले दुई तिहाई विश्वासको मत पाएका छन । नेपाली काँग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ गरी मुख्यमन्त्री शाहले ३६ मत पाएका हुन । ५३ सदस्यीय प्रदेश सभामा यो संख्या दुुई तिहाई हो ।

शाहले सुदूरपश्चिममा दोस्रो पटक दुुई तिहाई बराबर विश्वासको मत पाउनु भएको हो  । केन्द्रमा सत्ता समिकरण फेरिएसँगै सुदूरपश्चिममा उहाँ, साउनको २० गते मुख्यमन्त्री भन्नुभएकव थियो  । बुधबार विश्वासको मतको पक्षमा ३६ र विपक्षमा ८ मत खसेको छ भने एकजना तटस्थ बसेका छन् ।

५३ सदस्यीय प्रदेश सभामा काँग्रेसका १८, नेकपा एमालेका उप सभामुख सहित ११, नेकपा माओवादी केन्द्रका सभामुख सहित ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य छन् । मुख्यमन्त्री शाहलाई काँग्रेस, एमाले र नाउपाले विश्वासको मत दिएका हुन् ।

नेपाली काँग्रेस, नेकपा एमाले र नाउपाले आफ्ना सांसदहरुलाई प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेका थिए । तर नेकपा माओवादी केन्द्र, समाजवादी र राप्रपाले भने ह्विप जारी गरेको थिएन । प्रदेश सभाको अर्को बैठक शुक्रबार दिउसो २ बजे बस्ने गरि स्थगित भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.