वाल्मीकि आश्रम जोड्ने लवकुश झोलुङ्गे पुल सम्पन्न भएको दुई बर्षमा संचालन

नवलपुर – पुर्वि नवलपरासीको त्रीवेणिबाट प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम जोड्ने लवकुश झोलुङ्गे पुल संचालनमा आएको छ । बाल्मीकी आश्रम जानका लागि नारायणी नदीमा दुई वर्ष अगाडी निमार्ण सम्पन्न भएको झोलुङ्गृे पुल बल्ल संचालनमा आएको हो । ऐतिहासीक धार्मीक स्थल बाल्मिकी आश्रम पुग्नका लागि भारतीय मार्ग हुदै जानुपर्ने बाध्यता भएको भन्दै नारायणी नदीमा झोलुङ्गृे पुल निमार्ण गरीएको हो ।
चितवन राष्ट्रिय निकुञ्ज हुदै पैदल जानुपर्ने र निकुञ्जमा ट्याक नहुदा पुल संचालन हुन दिएको थिएन् । पुलको नजिकै सेनाको पोष्ट राखेर मात्र धार्मीक पर्यटक र तिर्थालुलाई आश्रम जानका लागि व्यवस्था मिलाउने भने पनि दुई वर्ष सम्म पुल प्रयोग विहिन भएको थियो ।
वाल्मीकि आश्रम भारतीय बाटो हुँदै जानुपर्ने बाध्यता हटाउन नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको थियो । विसं २०७९ साउनमा पुल निर्माण सम्पन्न को २ वर्ष पछि पुल सन्चालनमा आएको हो । रु पाँच करोड ८७ लाखको लागतमा चार सय ७९ मिटर लम्बाइको पुल निर्माण गरिएको हो । विसं २०७० असारमा सम्झौता भएर पुल निर्माणको काम अघि बढेको थियो । त्यसको नौ वर्षपछि पुल निर्माण सम्पन्न भएको थियो ।
वाल्मीकि आश्रम चितवनको माडीमा पर्ने भए पनि नवलपुरको त्रिवेणीबाट भारतीय भूमि हुँदै जानुपर्ने बाध्यता रहेको थियो । यही बाध्यतालाई हटाउन त्रिवेणीस्थित नारायणी नदीमा पुल निर्माण गरिएको हो । पुल निर्माण सकिएको २ वर्ष पछि पुल देखि चितवनको माडी नगरपालिका वडा नं १ मा पर्ने वाल्मीकि आश्रम जाने करीब ३ किलोमिटर लामो पद मार्ग निर्माण सम्पन्न भए पछि सोही पुल हुदैँ पद मार्गको प्रयोग गरेर सोमबार देखि वाल्मिकी आश्रम जान सुरु गरिएको छ । चितवन जिल्लाको माडी नगरपालिकामा पर्ने आश्रम जानका लागि पुर्वी नवलपरासी र वा भारत्यि मार्ग हुदै जानुपर्ने बाध्यता छ । त्रिवेणी गजेन्द्र मोक्ष दिव्यधाम क्षेत्र बिकास सामितिका अध्यक्ष स्वामी कृष्ण प्रपन्नाचार्यले पुल र करिब ३ किलोमिटर लामो पैदल मार्गको उद्घाटन गर्नुभएको थियो ।
गण्डकी प्रदेशका पुर्व सांसदहरू,विभिन्न राजनैतिक दलका नेता,स्थानीय जनप्रतिनिधि तथा श्रदालुहले पवित्र नारायणी नदीबाट जल लगेर वाल्मीकि आश्रममा चढाए नेपाली भुभागबाटै आश्रम पुग्ने गोरेटोको शुभारम्भ गरेका हुन् । अब नेपाली तिर्थालु र पर्यटकलाई बाल्मीकी आश्रम पुग्नका लागि भारतीय भुमि प्रयोग गर्नुपर्ने बाध्यता हटेको विनयी त्रिवेणी गाउंपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । पदमार्ग बने पछि श्रद्धालुहरूलाई वाल्मीकि आश्रम पुग्न नारायणी नदीमा जोखिम मोलेर डुङ्गा यात्रा गर्ने या भारतीय बाटो प्रयोग गर्ने भन्ने वाध्यता हटेको छ ।
वाल्मीकि क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेकोले पुलसंगै निकुञ्जको सुरक्षा व्यवस्थाका लागि पोष्ट निर्माण नज्ञहुँदा र जंगल क्षेत्रमा सहज बाटोको ट्याक नबन्दा पुलको प्रयोग र पदमार्गको पहुच रोकिएको थियो ज्ञ। धार्मिक पर्यटनको केन्द्र वाल्मीकि आश्रम दर्शन तथा अवलोकनका लागि नेपाल तथा भारतबाट हजारौ तीर्थालुहरू आउने गर्दछन् । यहाँ रामायणमा वर्णित महर्षि वाल्मीकिको आश्रम,अष्ठासी हजार ऋष्ज्ञिामुनिले यज्ञ गरेको हवन कुण्ड, लवकुश जन्मस्थल, शिक्षा ग्रहण स्थल, लवकुशले घोडा बाधेको ठाउँ , सिताजीको भान्सा स्थल, अमृत कुवा, सीता पातल प्रवेश स्थल जस्ता ऐतिहासिक बस्तुहरु छन् ।






प्रतिक्रिया राख्नुहोस्