रौतहटमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

रौतहट- रौतहटमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । गौर नगरपालिका-५ कोइरी टोलका ७४ वर्षीय अनुरुद महतोको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।

गौरस्थित झोलुङ्गे पुलको दक्षिणपट्टी धान खेतमा हत्या गरिएको अवस्थामा महतोको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आफ्नो घरमा सुतेका महतोको शव घर देखि २०० मिटर पर धानको खेतमा आज विहान फेला परेको जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) एलिजा गिरीले जानकारी दिनुभयो ।

महतोको शव आज विहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको खबर लगत्तै रौतहटका प्रहरी उपरीक्षक (एसपी) दिलीप घिमिरे सहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रहरी प्रवक्ता गिरीले बताउनुभयो ।

मृतक अनुरूध महतोको पेटमा धारिलो हतियार प्रयोग भएको देखिएकोले पेटमै छुरा प्रहार गरी कसैले हत्या गरेको एसपी घिमिरेको भनाइ छ ।

घटनामा संलग्न हालसम्म कोही पक्राउ पर्न नसकेको तथा घटना बारे थप अनुसन्धान भइरहेको एसपी घिमिरेले बताउनुभयो । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.