गम्भीरतापूर्वक गठ्ठाघर दुर्घटनाको छानबिन गर्न गृहको निर्देशन

 भक्तपुर – हिजो गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई उक्त सय मिटर घिसारेर लगेको घट्नाको छानविनगर्न गृहमन्त्री रमेश लेखकले कडा निर्देशन दिनु भएको हो । दुर्घटनाबाट आफु दुःखित भएको भन्नुहुँदै मन्त्री लेखकले घट्नामा कस्को गल्ती छ ? निश्पक्ष छानविन गर्न निर्देशन दिनुभयो ।

बिहीबार (हिजो) दिउँसो दुई वजे भक्तपुरको गठ्ठाघरमा काठमाडौंतर्फबाट आइरहेको ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको थियो ।

घटनापछि आक्रोशित स्थानीयले ढुंगा मुढा गर्दै ट्रकमा तोडफोड गरेका थिए । मूल सडक पाँच घण्टासम्म अवरुद्ध भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । ट्राफिकले सडकमा जथाभावी गाडी रोकेर चेकिङ गर्दा भयानक दुर्घटना भएको भन्दै प्रहरीविरुद्ध समेतस्थानीय जाई लागेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.