डेढ महिना देखि संखुवासभाको उत्तरी क्षेत्रको सडक अवरुद्ध

खाँदबारी संखुवासभा –  हिमाली जिल्ला संखुवासभाको उत्तरी क्षेत्र मकालु र भोटखोला गाउँपालिकामा पर्ने एकुवाखोला माथिको पक्कि पुल बगाएपछि डेढ महिनादेखि कोशी राजमार्ग अन्तर्र्गत खाँदबारी किमाथांका सडक अवरुद्ध छ । मकालु गाउँपालिकाबाट भोटखोला जोड्ने पक्कि पुल बगाउँदा हटियाको स्याक्सिला गाउँबाट उपभोग्य सामाग्री भरियालाई बोकाएर लैजानु परेको छ ।

सदरमुकाम खाँदबारीबाट छुटेका सवारी साधन मकालुको समाटारसम्म मात्रै पुग्ने गरेको छ । गएको असार ६ गते आएको पहिरोले ३० मिटर लामो पक्कि पुल बगाएपछि आवतजावतमा समस्या भएको उत्तर दक्षिण कोशी सडक योजनाका प्रमुख सविन कोइरालाले बताउनुभयो । स्थानीय मनोज गुरुङका अनुसार श्रमदान गरेर पैदल हिड्नका लागि एकतर्फी ओहरदोहर गर्न गोरेटोबाटो भने खुला गरिएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.