व्यवसाय बन्द गरेर उपमहानगरपालिकालाई साँचो

काठमाडौँ- करको दर बढाएको विरोधमा हेटौंडाका व्यवसायीले आफ्ना व्यवसाय बन्द गरेर हेटौँडा उपमहानगरपालिकालाई बिरोध स्वरुप डेमो साँचो बुझाएका छन् ।

व्यवसायीले नगरप्रमुख मिनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँलाई मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले साँचो बुझाउनुभएको हो ।

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा भइरहेको कर वृद्धि विरूद्धको आन्दोलनलाई साथ दिँदै व्यवसायीहरूले आज आफ्नो व्यवसाय बन्द गरेर दुई घण्टा उपमहानगर परिसरमा धर्ना दिएका थिए ।

उपमहानगरपालिकाले घरवाहल करदेखि विभिन्न व्यवसायमा लिंदै आएको राजश्वमा १६ देखि १ सय ५० प्रतिशतसम्म वृद्धि गरेपछि संघले गत सोमबारदेखि चरणबद्ध आन्दोलनको घोषण गर्दै विरोध जनाउँदै आएको छ ।

राजश्वको दरलाई नबढाई यथास्थितिमा कायम गर्नुपर्ने संघको माग छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.