सप्तरीमा ट्याङ्करकाे ठक्करबाट एक जनाकाे मृत्यु, अर्का एक जना गम्भीर घाइते

सप्तरी- सप्तरीको कन्चनरुप नगरपालिका-३ बरमझियामा आज तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको नेपाल आयल निगमको को. १ ख. ७४१४ नम्बरको ट्याङ्करले प्र. १ -०२०४७ प १२८० नम्बरको  मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरीको हरिनगर गाउँपालिका-१ गौतमपुर बस्ने अन्दाजी वर्ष ४२ का महेश कुमार मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा परी गम्भीर घाइते भएका सुनसरी हरिनगर गाउँपालिका- १ गौतमपुरका अन्दाजी बर्ष ४० का जय प्रकाश मेहताको कन्चनरुप नगरपालिका- १२ स्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.