थामे बाढी अपडेट :१ जना बेपत्ता,१२ वटा घरमा क्षति

काठमाडौँ– सोलुखुम्बुको पासाङल्हमु गाउँपालिका ५ थामे आएको बढीमा परी एक जना बेपत्ता भएका छन् । १२ घरमा क्षति पुगेको छ ।

”बाढीमा परेर एकजना वेपत्ता भएको खबर छ ।  १२ वटा घर, एउटा स्थानीय स्कुल र क्लिनिकमा क्षति पुगेको छ । नेपाली सेना, नेपाल प्रहरीले उद्धारको काम जारी राखेका छन् । जोखिमा रहेका स्थानीयहरुलाइ सुरक्षित स्थानमा सार्ने गर्ने काम भइरहेको छ ।” सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले नेपाल टिभी अनलाइनसँग भन्नु भयो ।

उक्त स्थानमा संचार एवम् विद्युत सेवा अवरुद्ध हुन पुगेको छ ।थामे खोलको शिरमा रहेका हिमताल फुटेर या कुनै पहाड खसेर बाढी आएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.