हिमपहिरोका कारण बाढी आएको हुनसक्छ- मौसम विज्ञान महाशाखा

निरन्तरको वर्षा र तापक्रम वृद्धि हिमपहिरोको कारण

काठमाडौँ- सोलुखुम्बुको खुम्बु क्षेत्रमा आएको बाढी के कारणले आयो अझै यकिन हुन सकेको छैन ।

हिमताल विष्फोट हो वा हिमपहिरो हो, या सुख्खा पहिरो हो अथवा स–साना जमेको हिउँ पग्लेर हो ? त्यसको यथार्थ विवरण प्राप्त हुन सकेको छैन । तर एक्कासी आएको बाढी हिमपहिरोका कारण हुनसक्ने अनुमान जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले गरेको छ ।

बाढीबारे प्रारिम्भक जानकारी दिँदै महाशाखाले उक्त क्षेत्रमा साना र ठूला गरी छ वटा हिमताल-हिमपोखरी रहेको उल्लेख गर्दै तीमध्ये कुनै एक विस्फोट भएको हुनसक्ने बताएको छ ।

उक्त क्षेत्र नजिक रहेको फोत्र्से केन्द्रमा विगत सात दिनमा ६५ मिलिमिटर वर्षा मापन भएको, साउन २५ गतेदेखि दैनिक औसत तापक्रम क्रमशः बढेको (९ दशमलव ७ देखि ११ डिग्री सेल्सियस) र बिहीबार १५ दशमलव ९ डिग्री तापक्रप पुगेको महाशाखाले जनाएको छ । निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको अनुमान गरिएको छ ।

विभागको खोटाङस्थित दूधकोशी रवुवाबजार बाढी मापन केन्द्रमा जलसतह हिजो साँझ ५ः१० बजे चार दशमलव २९ मिटरबाट ३० मिनेटमा एक्कासी करिब एक दशमलव २० मिटर बढेर साँझ ५ः४० बजे पाँच दशमलव ५३ मिटर पुगेकामा सो पछि विस्तारै घट्न थालेको महाशाखाको भनाइ छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.