इजरायल-प्यालेष्टाइन युद्धविरामका लागि दोहा वार्ता सकारात्मक

गाजामा युद्ध विराम र इजरायली बन्धक रिहाईका लागि कतारको राजधानी दोहामा दुई दिनसम्म चलेको वार्ता गम्भीर, रचनात्मक र सकारात्मक वातावरणमा सम्पन्न भएको मध्यस्तकर्ताहरुले बताएका छन् ।

दुई दिनको वार्ताले युद्धरत दुबै पक्षलाई आफू बीच रहेका असहमतिलाई कम गरी सहमतिको नजिक पुर्‍याएको मध्यस्ता गरिरहेका अमेरिका, कतार र इजिप्टले जनाएका छन् ।

एक साता भित्रै फेरि इजिप्टको राजधानी कायरोमा पुनः वार्तामा बस्ने गरी दोहाको वार्ता सकिएको बताइएको छ । वार्तालाई तिब्रता दिन कुटनीतिक प्रयास जारी राख्ने उद्देश्यले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन आजै इजरायल जाँदै हुनुहुन्छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले पनि युद्धविरामको सहमतिको निकै नजिक रहेको बताउनु भएको छ । तर हमासका एक बरिष्ठ अधिकारीले भने शंका व्यक्त गरेका छन् ।

तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्या र गत महिना बेरुतमा हिजबुल्लाह कमाण्डरको हत्याको बदला दिने इरानले बताइरहेका बेला युद्धविराम वार्ताले मुर्त रुप लिनेका शंका व्यक्त गरिएको छ ।

यद्यपि कतार वार्तामा देखिएको प्रगतिको कुनै पनि संकेतलाई गाजाको युद्धलाई क्षेत्रीय द्वन्द्वमा परिणत हुनबाट जोगाउन आवश्यक मानिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.