प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच भेटबार्ता

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

भेटमा सरकारले गरिरहेका काम र गर्नुपर्ने कामका विषयमा छलफल भएको प्रधानमन्त्रीले फेसबुकमा उल्लेख गर्नु भएको छ।

‘आज शनिबार ! नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो। केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए’, प्रधानमन्त्री ओलीले फेसबुकमा लेख्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.