लण्डनको ऐतिहासिक ‘समरसेट हाउस’ मा आगलागी
लण्डन – लण्डनको ऐतिहासिक सांस्कृतिक केन्द्र (समरसेट हाउस) मा शनिबार भएको भीषण आगलागी भएको छ । आगो नियन्त्रणका लागि करिब १०० अग्निनियन्त्रक परिचालन गरिएको छ ।
“समरसेट हाउसमा भएको आगलागी नियन्त्रणका लागि १५ वटा दमकल र करिब १०० जना अग्निनियन्त्रक पठाइएको छ । उनीहरूले भवनको छतको केही भागमा रहेको आगो नियन्त्रणको प्रयास गरिरहेको लन्डन फायर ब्रिगेडले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीमा उल्लेख छ ।
मध्य लण्डनबाट लिइएको अन्य फुटेजमा टेम्स नदीको किनारमा करिब १८० मिटरसम्म फैलिएको उक्त भवनमाथि धुवाँको बाक्लो मुस्लो उठिरहेको देखिएको छ ।
सन् १७९६ मा खोलिएको पुनर्जागरण भवनको आधिकारिक एक्स अकाउन्टमा भनिएको छ, “समरसेट हाउसको एउटा सानो भागमा आगो लागेका कारण उक्त स्थलमा आवतजावत बन्द गरिएको छ ।”
प्रतिक्रिया राख्नुहोस्