पोखराका दुई सष्ट्रालाई साहित्यीक पुरस्कार

कास्की-  पर्यटकीय शहर पोखराका दुई सष्ट्रालाई साहित्यीक पुरस्कार प्रदान गरिएको छ ।

गीताञ्जली साहित्य परिवार पोखराको आयोजनामा हिजो शनिबार भएको एक समारोहका बीच साहित्यकार एवम् उपप्राध्यापक कल्याण पन्तलाई गीताञ्जली साहित्य रत्न पुरस्कार तथा साहित्यकार एवम् पत्रकार असफल गौतमलाई रुक्मिणा नारायणदत्त  रुना – साहित्य पुरस्कार प्रदान गरिएको हो ।

उहाँहरुलाई नेपाली साहित्यको उन्नयनमा महत्वपूर्ण योगदान पु¥याउनु भएको जनाउँदै जनही २५ हजार रुपैयाँ नगद सहित सम्मानपत्र एवम् दोसल्ला प्रदान गरि पुरस्कृत गरिएको हो ।

पुरस्कार अर्पण गर्नुहुँदै प्राज्ञ समेत रहनुभएकी लोकगायिका हरीदेवी कोइरालाले साहित्यको रसस्वादन गर्नुपर्नेमा जोड दिनुहुँदै नेपाली साहित्यलाई जीवन्त बनाउन सबै नागरिक सचेत हुनुपर्ने  औँल्याउनुभयो ।

कार्यक्रमकै बीच बालसाहित्यकार ईडिभा खतिवडालाई तुलसी मुवा अहिल्या बाल प्रतिभा पुरस्कार प्रदान गर्नुका साथै मुक्तकमणि तीर्थराज अधिकारीद्वारा रचित ‘सारवत मुक्तक सङ्ग्रह लोकार्पण पनि भयो ।

साहित्य रत्न पुरस्कार यसअघि रत्नशमशेर थापा, शंकर ज्ञवाली र लक्ष्मण थापा तथा रुना साहित्य पुरस्कार तेजनाथ घिमिरे, डा=जगमान गुरुङ, तारानाथ पाखे, डा=नारायणप्रसाद अधिकारी, रुद्रबहादुर थापा, प्रा.डा.कुसुमाकर न्यौपाने र प्रा.डा.जगन्नाथ रेग्मीले पाइसक्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.