अन्तर दलित विभेद हटाऔँ’

 भदौं –  नेपालको दलित मुक्ति आन्दोलन अझै पनि ओझेलमा परिरहेको निष्कर्ष निकालिएको छ । त्यसको समाधानका लागि सर्वप्रथम अन्तर दलित विभेद पुस्तान्तरण हटाई गैरदलित समुदायसँगको सहकार्य बढाउनुपर्नेमा जोड दिइएको छ ।

समानान्तर साहित्यीक मञ्चको आयोजनामा स्याङजाका सष्ट्रा झलक विश्वकर्माद्वारा लिखित ‘राजनीतिक क्रान्तिको ओझेलमा दलित मुक्ति’ पुस्तकको हिजो शनिबार पोखरामा भएको लोकार्पण समारोहका वक्ताहरुले उक्त कुरामा जोड दिनुभएको हो ।

पुस्तक लोकार्पण गर्नुहुँदै सामाजिक अभियान्ता राम नेपालीले राज्यले दलित समुदायलाई संकेतिक समावेशीता दिएपनि अर्थपूर्ण सहभागिता नदिएको भन्दै त्यसका लागि उच्च राजनीतिक तहको हस्तक्षेप जरुरी भएको औँल्याउनुभयो । उहाँले हरेक मानिसमा मानवीय संवेदना हुनुपर्ने पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश तथा विभिन्न जिल्ला स्थित दलित समुदायका संघ संस्था, जनप्रतिनिधि एवम् अगुवाले पनि धारणा राख्नुभयो । उहाँहरुले दलित मुक्ति आन्दोलनलाई सफल बनाउन राज्य एवम् समुदाय स्तरबाट अल्पकालिन तथा दीर्घकालिन योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

झलक विश्वकर्माद्वारा लिखित उक्त पुस्तकमा नेपालमा वर्ण व्यवस्थाको सुरुवाती, जात व्यवस्थाको उत्पति, दैनिक जीवनमा दलित समुदायका भोगाई, दलित आन्दोलन, वर्गंसङघर्ष, आरक्षण, सामाजिक समावेशीता, दलित मुक्तिका लागि राज्यले खेल्नुपर्ने भूमिका लगायतका विषयवस्तुहरु समेटिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.