राष्ट्रियसभा: नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संधोधन) विधेयक पेस

काठमाडौँ- नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संधोधन) विधेयक, २०८१’ राष्ट्रियसभामा पेस गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पेस गर्नुभएको हो ।

विधेयक पेस गर्नुहुँदै मन्त्री चौरसियाले कानुनी शिक्षालाई स्तरीय र व्यावसायिक बनाउन विधेयक ल्याइएको बताउनुभयो । “कानुनी शिक्षालाई स्तरीय र व्यावसायिक बनाउन उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाले अध्ययन, अध्यापन गराउने र पाठ्यक्रम निर्धारण गर्नेलगायत उद्देश्यसहितको यो विधेयक सभासमक्ष पेस गर्दछु”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.