राष्ट्रपति पौडेलद्वारा रक्षाबन्धन ग्रहण

काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले  रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित जनै एवम्  रक्षाबन्धन ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट निर्धारित साइतअनुसार वैदिक विधिअनुसार रक्षाबन्धन ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपतिका आफन्तजनले समेत रक्षाबन्धन ग्रहण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.