नेपालगञ्जदेखि सुर्खेत आउँदै गरेको गाडी पाडुलेमा दुर्घटना, ११ जना घाइते

 सुर्खेत –  बाँकेको नेपालगञ्जदेखि सुर्खेत आउँदै गरेको फोर्स गाडी रत्नराजमार्गको पाडुलेमा दुर्घटनामा परेको छ ।

लु१ज–४०९१ नम्वरको फोर्स गाडी आज दिउँसो जिल्लाको भेरीगंगा नगरपालिका–१२, पाडुलेमा दुर्घटना हुँदा गाडीमा सवार सबै ११ जना यात्रु घाइते भएका छन् ।

घाईते मध्ये एक जना पुरुषको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दुर्घटना भएको जानकारी पाउना साथ ईलाका प्रहरी कार्यालय छिन्चु र स्थानीयको सहयोगमा घाईतेहरुको उद्दार गरी उपाचारका लागि प्रदेश अस्पताल कालागाउँ ल्याईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनु भयो । घटना बारे थप अनुसन्धान भईरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.