भारत सरकारद्वारा राज्यहरूलाई एमपक्स विरुद्ध निगरानी बढाउन आग्रह

नयाँदिल्ली – भारतको सङ्घीय सरकारले राज्यहरूलाई निगरानी बढाउन र एमपक्स मामिलाहरू तुरुन्तै पत्ता लगाउन प्रभावकारी कदम चाल्न निर्देशन दिएको छ ।

 

सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार साँझ प्रधानमन्त्री कार्यालयका प्रमुख सचिव पिके मिश्रको अध्यक्षतामा देशमा एमपक्सको पूर्वतयारी र जनस्वास्थ्यका उपायहरूको समीक्षा गर्न उच्चस्तरीय बैठक बसेको थियो ।

मिश्रले प्रारम्भिक निदानका लागि परीक्षण प्रयोगशाला सञ्जाललाई तयारी अवस्थामा राख्नुपर्ने बताउनुभयो ।

सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार एमपक्सको अन्तिम केस मार्च सन् २०२४ मा फेला परेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.