तलब भत्ताको अक्षयकोष बनाएर असहाय विद्यार्थीलाई सहयोग

धादिङ – धादिङको नीलकण्ठ नगरपालिका–३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले असहाय बालवालिकाहरुको लागि विभिन्न सहयोग गरेका छन।

गाउँको बिद्यालयमा अध्ययनका लागि आबश्यक शैक्षिक सामग्री जुटाउन नसक्नेलाई अध्यक्ष श्रेष्ठले कापी, कलम र अन्य शैक्षिक सामग्रीहरु दिने गरेका छन।

आफूले पाउने तलव भत्ता असहायहरुको सहयोगका लागि कोष नै खडा गरेर जम्मा गरेका अध्यक्ष श्रेष्ठले सोही रकम गरिब, जेहेन्दार तथा असहाय विद्यार्थीहरुलाई वितरण गर्ने गर्छन ।

यसैबीच, हरेक वर्ष जस्तै यस वर्ष पनि नगरपालिका भित्रका विद्यालयहरुमा अध्ययनरत अति विपन्न तथा गरिव ४७ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्रीसहित विद्यालय पोषाक वितरण गरिएको छ।

निर्वाचनताका गरेको प्रतिवद्धता अनुसार वडा अध्यक्ष अक्षयकोष निर्माण गरी किताब, कापी, झोला, जुत्ता, विद्यालय पोशाक लगायतका शैक्षिक सामाग्री वितरण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

दुई लाख ९५ हजार ४ सय ६३ रुपैयाँ बराबरको शैक्षिक सामाग्री वितरण गरिएको उनको भनाइ थियो ।

अक्षयकोषको लागि खोलिएको मुद्धती खातामा ६ लाख ९० हजार रुपैयाँ र बचत खातामा १ लाख ७४ हजार रुपियाँ रहेको जानकारी पनि अध्यक्ष श्रेष्ठले दिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.