माओवादी केन्द्रको परामर्श बैठक आज बाट शुरू

काठमाडौं –  नेकपा(माओवादी केन्द्र)मा बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक आज बाट शुरू । बागमतीको बैठक आज र भोलि चल्ने छ ।

पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि सो बैठकको तयारी स्वरूप हरेक प्रदेशमा परामर्श बस्ने निर्णय साउन २५,२६,२७,२८,३० र ३१ गते बसेको पदाधिकारी बैठकले गरेको थियोे।

यस्तो छ प्रदेश परामर्श बैठकको तालिका

•बागमती प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको वैठक भाद्र ५ र ६ गते ।

•उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ७ र ८ गते ।

* गण्डकी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको वैठक भाद्र ९ र १० गते ।

•सुदुपश्चिम प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको वैठक भाद्र १२ र १३ गते ।

* कर्णाली प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको वैठक भाद्र १४ र १५ गते ।

•लुम्विनी प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १६ र १७ गते ।

* तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको वैठक भाद्र १८ र १९ गते ।

•मधेश प्रदेशका के.स. हरूको बैठक भाद्र २२ र २३ गते ।

•पूर्व, १ नं प्रदेशका के.स. तथा प्रदेश पदाधिकारीहरूको वैठक भाद्र २४ र २५ गते ।

•ज.व.श मोर्चामा कार्यरत पार्टी के.स. हरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टी के.स. हरू को बैठक भाद्र २७ र २८ गते ।

•प्रवास प्रदेशमा कार्यरत पार्टी के.स. हरू तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ३१ आश्विन १ गते ।

•जेष्ठ कम्युनिष्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको वैठक असोज २ र ३ गते ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.