भोलि केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरको चारै ढोका खुल्ने

भक्तपुर  –  भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलश्वर मन्दिरको भोलि चारै  ढोका खुल्ने भएको छ । डोलेश्वरलाई केदारनाथको शिर भाग घोषणा गरिएको दिन भदौ ६ गते मन्दिरका चारै ढोका खोल्ला गर्नुका साथै स्पर्श गरेरै पुजा गर्न पाउँने व्यवस्था गरिएको छ ।

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतका अनुसार, भोलि मन्दिरका चारै ढोका खुला गर्नुका साथै  भक्तजनलाई शिला छोएर पूजा गर्न दिने व्यवस्था गरिएको छ ।

समितिका अध्यक्ष बस्नेतका अनुसार, डोलेश्वरमा वर्षको तीन दिन महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते मन्दिरको चारै ढोका खुला रहनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गर्दै आएको छ ।

यसैबीच डोलेश्वर महादेव मन्दिरमा गत साउन १ गतेदेखि सञ्चालन भएको श्रावणी मेला आज समापन हुँदैछ । समितिले भगवान् शिवको विशेष महिनाका रूपमा रहेको साउन महिनाको १ गते स्थानीय चन्द्रविनायक मन्दिरबाट डोलेश्वर महादेवसम्म कलशयात्रा गरी श्रावणी मेला सुरु गर्ने गरिन्छ ।

डोलेश्वर महादेवलाई केदारनाथको शिर घोषणा गरिएको दिन भएकाले सूर्यविनायक नगरपालिकाले भोली स्थानीय पर्वको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.