इनार सफा गर्ने क्रममा निसासिएर दाङमा दुई जनाको मृत्यु

दाङ-दाङमा इनार सफा गर्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ ।

तुलसीपुरमा इनार सफा गर्ने क्रममा निसास्सिएर अचेत भएका दुई जनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगिएको थियो । तर, उनीहरुको मृत्यु भएको अस्पतालले पुष्टि गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

आज बिहान १० बजे तुलसीपुर उपमहानगरपालिका १३ दमागाउँ बस्ने दुर्गा विकको इनार सफा गर्ने क्रममा तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय याम बहादुर नेपालीको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुर र नेपाली सेना अम्बापुर बेस क्याम्पबाट खटिएको टोलीले उनीहरूको उद्दार गरेको थियो ।

मृतक दुवै जनाको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.