नागरिकले महसुस गर्नेगरी काम गर्न सभामुखको आग्रह

काठमाडौँ, ५ भदौ : सभामुख देवराज घिमिरेले ‘संसदीय मामिला’ सांसदको मुख्य जिम्मेवारी हो भनेर महसुस गर्नेगरी काम गर्न संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई आग्रह गर्नुभएको छ ।
प्रमुख सचेतकहरूसँग आज भएको छलफल उहाँले संसद् बैठक नभएका दिन संसदीय समितिका बैठक गरेर विचारधीन विधेयकलाई निष्कर्षमा पु¥याउन प्रमुख सचेतकहरूले ख्याल गर्नुपर्ने बताउनुभयो ।
बैठकमा भएको छलफलबारे जानकारी दिँदै नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले भोलि भदौ ६ गते बिहान ११ः३० बजे कार्यव्यस्था परामर्श समितिको बैठक बोलाइएको बताउनुभयो ।
भोलिको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर गर्ने कार्यसूची रहेको बताउँदै उहाँले यस कार्यक्रमलाई मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउनका लागि भूमिका निर्वाह गर्न सभामुखले आग्रह गर्नुभएको बताउनुभयो ।
बैठकमा प्रतिनिधिसभाको आगामी बैठक भदौ ११, १२, १३ गते गर्नेगरी प्रस्ताव गरिएको छ । यसैगरी प्रत्येक १५ दिनमा संसद् बैठकको कार्यतालिका बनाएर प्रभावकारी रुपमा सञ्चालन गर्नेगरी छलफल भएको मुख्य सचेतक बर्तौलाले बताउनुभयो ।
संसदीय समितिमा विभिन्न विधेयक विचाराधीन अवस्थामा सभामुख घिमिरेले समितिले निर्णयार्थ काम गर्नेगरी संसदीय समितिका बैठकलाई पनि प्रभावकारी बनाउन आग्रह गर्नुभएको थियो ।
–––

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.