हुम्ला जिप दुर्घटनाका घाइतेको उपचारमा कमी हुन नदिन मुख्यमन्त्रीको निर्देशन

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले हुम्ला जिप दुर्घटनामा परी गम्भीर घाइते भएका बिरामीको उपचारमा कमी हुन नदिन निर्देशन दिनुभएको छ ।

चङ्खेली गाउँपालिका–२ गौरीसल्लामा आज बिहान करिब ८ बजे भएको जिप दुर्घटनामा परी घाइते भएका बिरामीको स्वास्थ्यावस्थाबारे जानकारी लिन आज साँझ कर्णाली प्रदेश अस्पताल पुग्नुभएका मुख्यमन्त्री कँडेलले घाइतेको उपचारमा कमी हुन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको हो ।

जिप दुर्घटनामा गम्भीर घाइते भई हेलिकप्टरमार्फत उद्धारगरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा भर्ना भएका चङ्खेली गाउँपालिका–२ हुम्लाका ३५ वर्षीय सुरेन्द्रबहादुर शाही, ५० वर्षीय तिलबहादुर शाही, १५ वर्षीय रविन शाही, रारा छायाँनाथ नगरपालिका–१३ मुगुका ३५ वर्षीय रमेश मल्ल र सोही नगरपालिका–१ का ४० वर्षीय पृथ्वी राउतलाई प्रदेश अस्पतालमा भर्ना गरिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली प्रदेश २००च०९२२ नम्बरको जिप चङ्खेली गाउँपालिका–२ हुम्ला गौरीसल्लादेखि देउली बजारतर्फ जाँदै गर्दा गौरीसल्लामा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा पाँच जना गम्भीर र सवारी चालक बूढीनन्दा गाउँपालिका–४ बाजुराका २५ वर्षीय महेन्द्रविक्रम शाह र चङ्खेली गाउँपालिका–२ हुम्लाका ३५ वर्षीया मायादेवी शाही सामान्य घाइते थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.