भैसीले प्रतिकार गर्दा बाघ ठहरै !

चितवन- चितवन राष्ट्रिय निकुन्जबाट निस्किएको बाघलाई मकवानपुरको मनहरीमा भैंसीले प्रतिकार गर्दा बाघकै मृत्यु भएको छ ।

मनहरी गाउँपालिका-६ प्रतापपुरमा भैसी गोठमा आक्रमण गर्न गएको बाघले भैंसी घाइते बनाएको र भैसीले प्रतिकार गर्दा ज्यान गएको लोथर मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर स्याङबोले जानकारी दिनुभयो ।

यस्तो घटना पहिलो भएको अध्यक्ष स्याङबोको भनाइ छ । उहाँले बाघ अत्यन्तै बुढो भएको हुदाँ भैसीको आक्रमणबाट मुत्यु भएको उनले बताउनुभयो ।

स्थानीय बलबहादुर राईको गोठमा आज बिहान ५:१५ बजेको समयमा रहेको भैंसीलाई चितवन राष्ट्रिय निकुञ्जको बाघले आक्रमण गरेको थियो । भैंसीले प्रतिकार गर्ने क्रममा बाघको मृत्यु भएको स्थानीयले बताएका छन् ।

बाघको मुचुल्का गरेर सौराहा ल्याएको छ । स्याङबोका अनुसार बाघको शरिरमा चोट देखिएको छैन । भैंसीको शरीरभरी घाउ छ । गोठमा बाँधेको भैसीको आक्रमणबाट हो या अन्य कारणबाट बाघको मृत्यु भएको हो भन्ने बिषयमा अनुसन्धान भइरहेको चितवन राष्ट्रिय निकुन्जले जनाएको छ ।

बाघको थप पोष्टमार्टमका लागि सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेको वन्यजन्तु अस्पतालमा ल्याईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.