अवरुद्ध गल्छी त्रिशूली सडकको यातायात एकतर्फी सञ्चालनमा

धादिङ –  नुवाकोटको बेल कोट गढी नगरपालिका वडा नम्बर ७ ठुलो ढुङ्गा भन्ने स्थानमा वर्षाका कारण पहिरो खस्दा अवरुद्ध गल्छी त्रिशूली सडकको यातायात एकतर्फी सञ्चालनमा सुरु भएको छ ।

बिहानदेखि सो सडक बन्द भाको थियो । गए राती परेको वर्षाका कारण सो सडक खण्डको माथिल्लो भागबाट निकै ठुलो ठुँगा सहितको पहिरो खस्दा सो सडक अवरुद्ध भएको हो। सो पहिरोको केही भाग पन्छ्याएर सडक एकतर्फी सुचारु गरिएको देवघाट प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.