सिराहा मिर्चैयामा गृहमन्त्री रमेश लेखकलाई भब्य स्वागत

सिराहा – नेपाल सरकारको गृहमन्त्री लेखकको धनुषा र सिराहा जिल्लाको विभिन्न स्थानहरूमा भ्रमण गर्ने पूर्व निर्धारित कार्यक्रम अनुसार आज बिहान जनकपुरधाम विमानस्थल आईपुगनु भएको हो ।

भ्रमणको क्रममा स्व. प्रदीप गिरीको दोस्रो वार्षिकी कार्यक्रममा सिराहा लहानमा सहभागी हुने,भएको छ ।सिराहा, जिल्लाको मिर्चैयामा नेपाल सरकारको गृहमन्त्री ज्युलाई नेपाली काङ्ग्रेस नेता कार्यकर्ता द्वारा महेन्द्र हाइवे नजिक रहेको पार्टी कार्यालयमा भव्य स्वागत गरिएको छ ।

जिल्ला सुरक्षा समिति सिराहा पदाधिकारीहरू सँग अन्तरक्रिया गरी निर्देशन दिइएको छ । सिराहाबाट गृहमन्त्री लेखक जनकपुरधाम फर्केर रात्रि विश्राम गरिने नेपाली काँग्रेस मधेस प्रदेश सूचना सञ्चार तथा प्रचार प्रसार विभाग प्रमुख नितेश गुप्ताले बताए ।

भदौ ७ गते शुक्रवार बिहान गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालय धनुषाको भवन शिलान्यास गर्नुको साथै जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू सँग छलफल एवं अन्तरक्रिया कार्यक्रम गरिने जनाएको छ ।

सोही समयमा नेपाली काँग्रेसका पदाधिकारीहरू सँग पनि वृहत् छलफल गरेर मधेस प्रदेशमा नेपाली काँग्रेसलाई जनताको विश्वास जित्ने रणनीतिहरू तय गरिने समेत प्रचार प्रसार विभाग प्रमुख गुप्ताले जानकारी दिनुभएको ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.