राष्ट्रिय वाणिज्य बैङ्कको ७.७७ प्रतिशत स्थिर ब्याजदरमा गाडी कर्जा

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले नजिकिँदै गरेको नेपालीहरूको महान् चाडपर्व उत्सव योजना अन्तर्गत ७.७७ प्रतिशत स्थिर ब्याजदरमा निजी सवारी (रातो प्लेट) प्रयोजनको लागि चाडपर्व विशेषमा गाडी कर्जा योजना ल्याएको छ ।मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैङ्कले अधिकतम एक करोड रुपियाँसम्म कर्जा लगानी गर्नेछ ।

कर्जा रकमको ०.५० प्रतिशत सेवा शुल्क लाग्नेछ । गाडीको कोटेसनमा अङ्कित मूल्यको विद्युतीय गाडी(ई भी)को हकमा  बढिमा ८० प्रतिशत र पेट्रोल/डिजेल गाडीको हकमा बढीमा ५० प्रतिशतसम्म बैङ्कले कर्जा लगानी गर्नेछ । बढीमा ७ वर्षसम्म कर्जा अवधि दिइने यो योजना २०८१ भदौ १ देखि कात्तिक मसान्तसम्म मात्र लागू हुने बैङ्कले जनाएको छ ।

बैङ्कका अनुसार यो योजनाअन्तर्गत कर्जा लिइएका ग्राहकको कर्जा अवधिभर ब्याजदर परिवर्तन हुनेछैन । निवेदन दिएको सात कार्य दिन भित्रमा निर्णय दिने यस योजनामा गाडी कर्जासम्बन्धी अन्य प्रचलित नियमहरू आकर्षित हुनेछ । यो कर्जा बैङ्कका सम्पूर्ण शाखा कार्यालयहरूबाट लिन सकिने छ । बैङ्कको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा  एक्सटेन्सन काउन्टर छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.