पहिरोसँगै ठूलो ढु्ंगो खसेपछि त्रिदेशीय सडकमा आवतजावत प्रभावित

नुवाकोट- अविरल वर्षासँगै आएको पहिरोका कारण नुवाकोटमा त्रिदेशीय सडकमार्ग प्रभावित भएको छ ।

सडकमाथिवाट ठूलो ढुंगोसहितको पहिरो खसेका कारण नुवाकोटको ठुलोखोलामा व्यस्त सडकमार्ग अवरुद्ध भएको हो ।

पहिरोले बेलकोटगढी नगरपालिका-८ ठुलोखोलामा माथिवाट खसेको ढुंगासहितको पहिराले सडक अवरुद्ध गरेको र पुर्ननिर्माण तथा मर्मत गरेर सडक सुचारु गर्ने कार्य भइरहेको नुवाकोट प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

त्रिदेशीय सडकमार्ग अन्तर्गत गल्छी-देवीघाट सडकमार्ग हिजो वेलुकीदेखि अवरुद्ध भएको र खुलाउन स्काइभेटरसहितका प्राविधिक खटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक तीलक भारतीलेको भनाइ छ।

भारतीका अनुसार अहिले भने सडक एकतर्फि संचालनमा आएको छ।

सो सडक अवरुद्ध भएपछि विकल्पका रुपमा नुवाकोट र रसुवावासी छहरे–टोखा सडकमार्ग हुँदै काठमाडौ गइरहेका छन् ।

सो सडकमार्गको कतिपय स्थानमा पहिराले सडक नै कटान गरेर वगाएको छ । पहिरोग्रस्त क्षेत्रमा अवरोध हटाएर सडक मर्मत तथा पुर्ननिर्माण कार्य सुरु गरिएको छ ।

यातायात सुचारु गर्न एक दिनको समय लाग्ने जनाइएको छ । नुवाकोटको विदुर वजारवाट पहिरोग्रस्त स्थान १५ किलोमिटर दुरीमा रहेको छ ।

पहिराले सर्वसाधारण तथा यात्रुहरुलाई समस्या गरेका कारण मर्मत तथा पुर्ननिर्माणका लागि सडक डिभिजन, विभाग तथा मन्त्रालयमा पहल गरिएको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.