गढीमाई बाहिनीको सातौँ स्थापना दिवस
सीमा सुरक्षामा सशस्त्र प्रहरीको अर्जुन दृष्टि : महानिरीक्षक अर्याल
चितवन – सीमा सुरक्षा र विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी सधैँ अग्रस्थानमा रहन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्देशन दिनुभएको छ।
राज्यको कान्छो सुरक्षा निकायको रूपमा रहेको सशस्त्र प्रहरी हो उहाँले भन्नुभयो तीन तहको सरकार सङको समन्वयमा विपद् व्यवस्थापन र सीमा सुरक्षा,र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन कुनै पनि कसर बाँकी राख्न हुँदैन ।”
सशस्त्र प्रहरी बल, नेपाल नं ३ गढीमाई बाहिनी मुख्यालय कमवानपुर, भन्डारा, चितवनको सातौँ स्थापना दिवसको उद्घाटन गर्दै सशस्त्र प्रहरीले सदैव देश र जनताको हितका लागि कुनै पनि कसरत अपनाउन बाँकी नराख्ने जिकिर समेत गर्नुभयो ।
तत्कालीन द्धन्दको समयमा सरकारले सशस्त्र प्रहरी बल स्थापना गरेसङै २०६१ साल माघ १४ गते सशस्त्र प्रहरी बल गढीमाई गढको नामबाट स्थापना भई सञ्चालन हुँदै आएकोमा राज्य पुन संरचना सँगै बागमती प्रदेशमा सशस्त्र प्रहरी बल नेपाल नं ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर भन्डारा चितवन स्थापना भएको गढका गणपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेशबहादुर ठाडा मगरले जानकारी दिनुभयो ।
उहाँले बागमती प्रदेशको १० जिल्लामा शान्ति सुरक्षा कायम सँगै सीमा सुरक्षाको बाहिनी १, चार गढ, गुल्म ८, बेस १२, वि ओपी ९ गरी जम्मा ३४ वटा युनिटले बागमती प्रदेशको काठमाडौँ उपत्यका बाहेक १० जिल्लाहरूमा तराईका फाँट देखि हिमाल क्षेत्रहरू सम्म आफ्नो सेवा विस्तार गरी काम गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै रापती नगरपालिकाका प्रमुख शमशेर लामाले विपद् र सीमा सुरक्षाका सवालमा सशस्त्र प्रहरीको भूमिका अनुकरणीय रहेको बताउनुभयो ।
कार्यक्रममा कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले जनताको सेवामा सशस्त्र प्रहरीले पुरयाएको योगदानको उच्च प्रशंसा गर्दै पहाडी क्षेत्र सँग जोडिएका नगरपालिका र गाउँपालिकामा सशस्त्र प्रहरीको सक्रियता बढाउन माग गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्