नारायणगढ-मुग्लिन सडक खण्डमा बस पल्टिँदा १९ जना घाइते
काठमाडौँ- नारायणगढ- मुग्लिन सडक खण्डमा बस पल्टिँदा १९ जना घाइते भएका छन्।
भरतपुर महानगरपालिका वडा नं.२९ को सत्रकिलोमा बस दुर्घटना परेको हो ।
दुर्घटनामा घाइतेमध्ये ९ जनाको भरतपुर अस्पतालमा बाँकीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनु भएको छ ।
घटनामापरी दुई जना गंभिर घाइते भएका छन् ।
रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको यात्रु बस गुडिरहेको अवस्थामा सडकमाथिबाट ढुङ्गा खसेपछि बसअनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्