हिमपहिरोले थुनिएको बोक्से खोलाबाट पानी बग्न शुरु
बस्तीमा ठूलो क्षति पुग्ने सम्भावना न्यून-स्थानीय प्रशासन
काठमाडौँ- मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित बोक्सेखोलामा हिमपहरो गएको छ।
हिमपहिरोले बोक्से खोला केहीबेर थुनिए पनि अहिले भने पानी बग्न शुरु भएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवदीले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।
सुबेदीका अनुसार हिमपहिरोका कारण थुनिएको खोलाबाट बस्तीमा कुनै ठूलो क्षति पुग्ने सम्भावना भने छैन ।
त्यसो त प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षाकर्मीहरुको टोली हिमपहिरो खसेको स्थानतर्फ गइसकेको छ ।
बोक्से खोला कालिगण्डकी नदीको सहायक नदी हो ।।
प्रतिक्रिया राख्नुहोस्