अविरल बर्षापछिको बाढीले जीतपुरसिमराको शान्ति टोल डुबानमा

बारा- अविरल वर्षासँगै आएको बाढीले जीतपुरसिमरामा एक घर र कार बगाउनुका साथै पूरै बस्तीमा क्षति पुर्‍याएको छ ।

वर्षासँगै आएको बाढी बस्तीमा पसेपछि बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ शान्तिटोलमा भाङ्ग्रे खोलाको बाढी बस्तीमा पसेको हो ।

स्थानीयले कारमा सबार यात्रुको उद्दार गरेका छन् ।

त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका-५ स्थित खाल्का टोल डुबानमा परेको छ ।

अत्यधिक वर्षापछि आएको बाढीले सयौं घर रहेको बस्ती डुबानमा परेको हो । बस्ती डुबानमा परे पनि मानवीय क्षति भने हुन पाएन ।

वर्षाले सोही वडामा रहेको सशस्त्र प्रहरीको बेस क्याम्प, स्वास्थ्य चौकी समेत डुबानमा परेको छ ।

अबिरल बर्षासंगै आएको बाढीले जीतपुरसिमराको सिमरा बजार, एयरपोर्ट रोड, पावर हाउस, नरबस्ती, बजनी जलमग्न बनेको छ । वर्षा रोकिएपछि बजार क्षेत्रमा आएको बाढी घटेको छ ।

बर्षाले सडक जलमग्न भएपछि विद्यालयले आकस्मिक सूचना जारी गर्दै विद्यालय बन्द गरेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.