मनै लोभ्याउने मनमोहक ढोरपाटन (फोटो फिचर)
म्याग्दी-तीन जिल्लालाई समेटेको ढोरपाटन यती बेला मनमोहक देखिएको छ । म्याग्दी, बागलुङ र पुर्वी रुकुमको एक हजार तीन सय २५ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन शिकार आरक्षको सौन्दर्यमा आन्तरिक पर्यटकको लर्को नै लागेको छ । साउन महिना सकिए संगै यहाँ विभिन्न जिल्लाबाट ढोरपाटन घुम्न आउने पर्यटकको संख्या बृद्धि हुदै गएको छ ।
म्याग्दीको बेनीदेखि ढोरपाटन घम्न पुग्नुभएका मित्रलाल कार्कीले घुमेर जती समय बसेपनि यहाँको सुन्दरताले मन नथाकेको बताउनुभयो । उहाँले प्राकृतिक प्रेमीहरुको लागि ढोरपाटन उपयुक्त गन्तव्य रहेको बताउनुभयो ।
शान्त वातावरणमा रंगीबिरंगी फुल, छिनछिनमा परिवर्तन हुने मौसम, शितल हावापानी, पशु गोठहरुमा रमाउन पाउँदा समय बितेको पत्तै नहुने उहाँले सुनाउनुभयो । उहाँका अनुसार यतिबेला ढोरपाटनमा थरिथरीका फुलले रंगिएको ढोरपाटन बर्खा याममा झनै रमाइलो छ ।
ढोरपाटन पर्यटन प्रर्वद्धन विकास संस्थाका सचिव जिवनकुमार पुनका अनुसार ढोरपाटनको फाँट र पाखा बुकी फुलेर रंगिएपछि रमणीय बनेको छ । लेकमा फुल्ने फुलहरुलाई समग्रमा बुकीका नामले चिन्ने गरिन्छ । उहाँका अनुसार असार देखि भदौ सम्म अन्य ठाउँमा पर्यटकको अफसिजन भएपनि ढोरपाटनमा सिजन हो ।

यहाँको सुन्दरता सबैले सामाजिक संजालहरुमा राखेको देखेर यहाँ आएको थियौैँ बेनीका डोलेन्द्र सुबेदीले भन्नुभयो । अहिले सडक यातायात, होटल तथा घरवास सुविधा, सञ्चार माध्यमले यहाँ आउन समेत निकै सजिलो भयो ।
प्रतिक्रिया राख्नुहोस्