ढुङ्गा झरेर अरूण तेस्रो आयोजनाका एक मजदुरको मृत्यु

खाँदबारी- संखुवासभाको मकालु गाउँपालिका-५ मा निर्माणधिन नौ सय मेगावाटको अरुण तेस्रो जलबिद्युत आयोजनाको अडिट टु मा कामगर्ने एकजना मजदुरको ढुङ्गा खसेर मृत्यु भएको छ ।

अरुण तेस्रो आयोजनाको बाटो बनाउने ग्यालजियमको काम गर्ने क्रममा बर्दिया ठाकुरबाबा नगरपालिका ९ का ४९ बर्षीय तुलसीराम थारु आईतबार साँझ माथिबाट ढुङ्गा झरेर घाईते भएका थिए ।

थारुको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठले बताउनुभयो । हालसम्म अरूण तेस्रोको काम करिब ७५ प्रतिशत सम्पन्न भईसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.