पोखरामा रैथाने हाटबजार सञ्चालन

 

 

कास्की –  स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ पोखरा महानगरपालिकाले हिजोदेखि रैथाने बजार सञ्चालनमा ल्याएको छ ।

सिद्धार्थ चोक स्थित श्री कम्प्लेक्स प्रालिको साझेदारीमा महानगरले सञ्चालनमा ल्याएको उक्त बजार मार्फत किसान तथा उपभोक्ता दुवैलाई प्रत्यक्ष फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

रैथाने बजार शुभारम्भ गर्नुहुँदै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरेली उत्पादनलाई सिधै बजारसम्म पु¥याउन हाटबजार सफल हुने विश्वास व्यक्त गर्नुहुँदै त्यसलाई क्रमशः कोसेली घरका रूपमा विकास गरिने स्पष्ट पार्नुभयो । उहाँले त्यसमा भूमिका खेल्न पोखरा तथा लेखनाथ उद्योग वाणिज्य सङ्घको ध्यानाकर्षण समेत गराउनुभयो ।

गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयका निमित्त सचिव नीलकण्ठ पोखरेलले किसानको मेहनतलाई सम्मान गर्दै रैथाने बजार सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्नुहुँदै त्यस मार्फत सुपथ मूल्यमा स्वस्थ्य कृषि उत्पादन उपभोक्ता समच्छे पुग्ने अपेक्षा सुनाउनुभयो ।

रैथाने बजारमा हाल पोखरेली जेठो बुढोको चामल, कोदोको रक्सी, वाद्यवादनका सामग्री, ठेकी, हलो, हस्तकलाका सामग्री, विभिन्न तरकारी, गँड्यौला मल, अचार तथा अन्य परिकार, मह, झोला, आयुर्वेदिक औषधी लगायतका सामग्री बिक्री वितरणका लागि राखिएको छ ।

सो बजारबाट बिक्री वितरण हुने सामग्री किसान स्वयम्  तथा महानगरद्वारा संचालिन कृषि एम्बुलेन्स मार्फत  सङ्कलन गर्ने

व्यवस्था समेत मिलाइएको छ ।

कृषि अन्तर्गत अघिल्लो वर्ष पोखरा महानगरपालिकाले खुदोको ब्राण्डिङ गरेको थियो । यस वर्ष पोखरेली जेठो बुढो धानको चामल ब्राण्डिङ गरेको छ भने मह र कफी ब्राण्डिङको तयारीमा जुटेको छ ।

त्यसका साथै सयपत्री फूलको समर्थन मूल्य तोक्ने प्रस्ताव पनि अघि सारेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाँले

जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.