रामेछाप पहिरो अपडेट 

मृतकको सङ्ख्या ७ पुग्यो, ३ जना अझै बेपत्ता

 

रामेछाप –  रामेछाप जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नं ३ लेखर्कमा आइतबार  बिहान गएको  पहिरोमा परि मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ । बेपत्ता ४ जना मध्ये सोमबार दिउँसो पहिरोमा पुरिएको अवस्थामा थप १ जनाको शव फेला परेपछि मृतकको सङ्ख्या ७ पुगेको हो ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी गर्ने क्रममा पहिरोले पुरेको अवस्थामा सोमबार दिउँसो स्थानीय ७५ बर्षकी पुड्की पहरीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रदीप कुमार सिंहले जानकारी दिनुभयो । पहिरोमा अझै ३ जना बेपत्ता छन् । पहिरोमा परेर मृत्यु हुनेको  सङ्ख्या  ७  पुगेको  जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।  पहिरोका कारण लेखर्कका ५९ परिवार विस्थापित भएका छन्  । विस्थापित परिवारलाई गाउँ नजिकैको कण्ठेश्वर माविको भवन र गाउँ पालिकाको खाली कोठाहरूमा राखिएको गाउँपालिकाले जनाएको छ ।

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.