काभ्रेमा १२ हजार कन्या पुजिए – फोटो फिचर

 

 

काभ्रे –  कृष्ण जन्माष्टमीको अवसरमा एक सय चौध बर्सअघिदेखि सुरु भएको कन्या पुजा मा यस वर्ष पनि काभ्रेका विभिन्न स्थानमा करिब १२ हजार कन्या पुजिएका छन् ।

बनेपा, पनौती, दाप्चा नाला, साँगा जनागाल लगायत नेवार समुदायको बसोबास रहेका अधिकांश स्थानमा कन्याहरू पुजिएका हुन् । बनेपामा मात्र ७ हजार कन्याहरू पुजिएको सनातन कन्या पूजा प्रबन्ध समितिका उपाध्यक्ष सुरकृष्ण वैद्यले जानकारी दिनुभयो ।

नेवारी समुदायमा बेल विवाह नगरेका तथा अन्य समुदायमा रजस्वला नभएका बालबालिकाहरूलाई कन्याको रूपमा पूजा गर्ने गरिन्छ । कन्याहरूलाई पूजा गर्दा कन्याहरू निरोगी हुने, सुख सम्पत्ति पाई खुसी हुने र कन्याहरूलाई दान दक्षिणा दिनेको पनि मनुष्य जीवन सफल हुने धार्मिक आस्था रहेको छ ।

वि।सं। १९५९ साल भाद्र कृष्ण सप्तमीको दिनदेखि सुरु भएको कन्या पूजा नेपालकै एक मात्र कन्याहरू पुज्ने पर्व हो । कन्याहरूको लाममा देव कन्या, नाग कन्या, गन्धर्व कन्या, किन्नर कन्या र किच कन्या समेत मानव कन्याका भेषमा आउने भएकोले उनीहरूलाई आराध्य देवी चण्डेश्वरी माईकी कुमारी मानी पूजा गरेमा सार्थक कर्म हुने जनविश्वास रहिआएको छ ।

सनातन कन्या पूजा प्रबन्ध समिति तथा ब्यक्तिगत गरि देशभरबाट आएका दाताहरूले ल्याएको पेडा, स्वारी, जेरी, मालपुवा, सेल, फलफूल, पैसा, बिस्कुट लगायतका सामान दान दिइने गरिन्छ । कन्या पूजाको लागि काभ्रे जिल्लाको अलावा सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, पोखरा लगायतका विभिन्न जिल्लाबाट हजारौँ दर्शनार्थीहरुका साथै पुजिनको लागि कन्याहरू आएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.