जलविद्युत् उत्पादक कम्पनीहरूलाई बक्यौता रोयल्टी बुझाउन ताकेता

काठमाडौं –  विद्युत् विकास विभागले जलविद्युत् उत्पादक कम्पनीहरूलाई बक्यौता रोयल्टी फरफारक गर्न ताकेता गरेको छ ।

विभागले १ मेगावाटभन्दा माथिको क्षमताका सबै जलविद्युत् उत्पादकहरूलाई पत्र लेख्दै जडित क्षमता तथा विद्युत् ऊर्जा बिक्री बापतको रोयल्टी छिटो बुझाउन भनेको हो । विभागले यसका लागि ३५ दिनको समय दिएको छ ।

यस अवधिभित्र २०८०/८१ सम्मको बक्यौता फरफारक गर्न र आर्थिक बर्ष २०८१/८२ को जडित क्षमता बापतको रोयल्टी समयमा बुझाउन समेत विभागले भनेको हो ।

यस्तो रोयल्टी संघ सरकारसँगै स्थानीय र प्रदेश तहमा समेत बाँडफाँट हुन्छ । विभागले रोयल्टी समयमा तिरी जिम्मेवारी बहन गर्न उत्पादकहरूलाई सचेत गराएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.