नेपालबाट एकै महिनामा १६ करोडको अलैंची निर्यात

काठमाडौं –  चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालबाट १६ करोड रुपैयाँ भन्दा धेरै रकमको अलैंची निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको २०८१/८२ को वैदेशिक व्यापारको तथ्यांक अनुसार साउन एकै महिनामा १६ करोड १२ लाख ५२ हजार रुपैयाँ बराबर रकमको अलैंची निर्यात भएको हो ।

एक महिनाको अवधिमा नेपालबाट ८७ हजार ९ सय किलो अप्रशोधित अलैंची निर्यात भएको तथ्यांकमा जनाइएको छ । १६ करोड रुपैयाँ बराबरको अलैंची सबै नै भारत निर्यात भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

गत आर्थिक वर्षमा नेपालबाट ७ अर्ब ९३ करोड ८१ लाख ८३ हजार रुपैयाँ बराबर रकममा ५० लाख १७ हजार ३३० किलो अलैंची निर्यात भएको थियो । सो अवधिमा नेपालबाट अष्ट्रेलिया, फ्रान्स, पाकिस्तान, यूएई, जापान र भारतमा अलैंची निर्यात भएको थियो । तर, गत आर्थिक वर्षमा पनि ७ अर्ब ९३ करोड ६६ लाख २० हजार रुपैयाँ बराबर रकमको अलैंची भारतमा मात्रै निर्यात भएको तथ्यांकमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.