लुम्बिनी प्रदेश चेम्बरको अध्यक्षमा पुन: पोखरेल

लुम्बिनी  – नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अधिवेशनबाट टङ्क प्रसाद पोखरेल दोस्रो कार्यकालका लागि चयन हुनुभएको छ । प्रदेशको दोस्रो अधिवेशनबाट पोखरेलको अध्यक्षतामा नयाँ“कार्यसमिति चयन भएको हो । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा, जिल्ला नगरतर्फको उपाध्यक्षमा जे.पी. कँडेल, बस्तुगत तर्फको उपाध्यक्षमा चन्द्रप्रकाश श्रेष्ठ एवं एशोसिएट तर्फको उपाध्यक्षमा लोकहरि श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।
महासचिवमा शिव ज्ञवाली, सचिवमा अजय न्यौपाने एवं कोषाध्यक्षमा खिम बहादुर खत्री चयन हुनुभएको नेपाल चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
लुम्बिनी प्रदेश चेम्बरको सदस्यहरूमा युवराज न्यौपाने, जय प्रकाश गुप्ता, कमला पराजुली , सुकदेब बेल्बासे, तेज बहादुर बुढा, नुरुद्दिन शाह, मञ्जु भुसाल, यज्ञस्वर श्रेष्ठ, शिल्पा उप्रेती, अशोक श्रेष्ठ, गणेश प्रसाद पोख्रेल, कोष बहादुर गुरुङ र शङ्कर गौतम चयन हुनुभएको हो । दोस्रो महाधिवेशनले आगामी ३ वर्षका लागि सर्वसम्मत रूपमा कार्यसमिति चयन गरेको चेम्बरले उल्लेख गरेको छ  ।
प्रदेश अधिवेशनलाई उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको विकास नभएसम्म आर्थिक समृद्धि हासिल गर्न नसकिने बताउनुभयो । कृषिको आधुनिकीकरण एवं युवाहरूलाई कृषि पेसामा आकर्षित गर्न राज्यले लगानी गर्नुपर्ने आचार्यको धारणा छ । मुलुकमा कृषि र पर्यटन क्षेत्र मार्फत आर्थिक उन्नति हासिल गर्न सकिने मुख्य मन्त्री आचार्यले बताउनुभयो ।
अधिवेशनलाई सम्बोधन गर्दै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले स्थानीय कृषि उपजहरूको बजारीकरण गर्नुपर्नेमा जोड दिनुभयो । आर्थिक विकास र समृद्धिका लागि नीतिगत स्थिरता हुनुपर्ने  अध्यक्ष अग्रवालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.