युक्रेनी ऊर्जा केन्द्रमा भएको रूसी हमलाको राष्ट्रपति बाइडेनद्वारा निन्दा

वासिङ्टन-  अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसले सोमबार युक्रेनी ऊर्जा केन्द्रमा गरेको हमलाकोे निन्दा गर्दै कियभलाई आफ्नो निरन्तर समर्थन रहने वाचा गर्नुभएको छ ।

रूसले सोमबार युक्रेनमा सयौं ड्रोन तथा क्षेप्यास्त्र प्रहार गर्दा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै युक्रेनको ऊर्जा केन्द्र ध्वस्त भएको अधिकारीहरूले बताएका छन् ।

यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति बाइडेनले भन्नुभयो “युक्रेन विरुद्ध रूसको निरन्तर आक्रमण र युक्रेनी जनतालाई अन्धकारमा डुबाउने प्रयासको कडा रुपमा निन्दा गर्दछु । ”

युक्रेनमा पछिल्लो समय मस्कोले गरेको आक्रमणले “ब्ल्याकआउट”(उर्जा सङ्कट) सुरु भएको छ । कियभले रूसको कुर्स्क क्षेत्रको भूभाग नियन्त्रणमा लिएको दाबी गरेपछि यो अवस्था आएको जनाइएको छ ।

सन् २०२२ फेब्रुअरीको आक्रमणपछि रूसले युक्रेनमा बारम्बार उर्जा केन्द्र लक्षित ड्रोन तथा मिसाइल आक्रमणहरू गरेको छ ।

युक्रेनको “सैन्य–उत्पादन परिसर“ लाई सहयोग गर्न प्रयोग भइरहेको दाबी गर्दै ऊर्जा केन्द्रहरुमा प्रहार गरेको रूसी रक्षा मन्त्रालयले विज्ञप्तीमार्फत जनाएको छ ।

रूसले सोमबार गरेको आक्रमणमा परी निर्दोष युक्रेनी नागरिकहरूको मृत्यु भएको, २० जनाभन्दा बढी घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।रासस / एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.