जिल्ला अस्पताल धादिङमा आजबाट नयाँ सेवा सुरु

धादिङ – धादिङ अस्पतालले मेमो ग्राम सेवा सञ्चालनमा ल्याएको हो । खास गरी उमेरले चालीस वर्ष नाघेका महिलाहरूमा देखिने स्तन क्यान्सरको प्ररम्भीक जाँचको गर्ने एक विधिमा प्रयोग हुने उपकरण हो ।

सो सेवाको आज बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले एक कार्यक्रम बिच शुभारम्भ गर्नु भएको हो । आज देखी नै बिरामीको जाँच समेत सुरु गरिएको छ ।

कार्यक्रममा मन्त्री थापा मगरले प्रदेशको जनताको स्वास्थ्य प्रति सरकार उत्तरदायी रहेको बताउँदै जति सक्दो जिल्ला अस्पतालहरूमा सेवा विस्तार गर्ने बताउनु भएको छ ।

मेमो ग्राम सेवा सुचारुसङै यसले महिलाहरूमा स्तन क्यान्सर भए नभएको भन्ने कुरा पत्ता लगाउन सकिने धादिङ अस्पतालका डाक्टर दिनेश रेग्मीको भनाई छ । यसले महिलाहरूमा स्तन क्यान्सर छ भने समयमा नै उपचारका लागी सहज हुने भनाई छ ।

यो सेवा सुचारुभएसंगै अब स्तन क्यान्सरको संङ्का लागेका बिरामीहरूले महँगो सुरुक्क तिरेर राजधानी काठमाडौँ र चितवन जानु पर्ने बाध्यताको पनि अन्त्य हुने भनाई छ ।

बाग्मती प्रदेश सरकार अन्तरको को स्वास्थ्य मन्त्रालय मातहतका बाग्मती स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले एक करोड नौलाख ६१ हजारको लागतमा धादिङ अस्पतालमा जडान गरी अस्पताललाई हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.