नेपाल टेलिभिजनका पाल्पा प्रतिनिधि कार्की सम्मानित

 पाल्पा – नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आज एक समारोहका बिच जिल्लाका क्रियाशील पत्रकारुहरुलाई सम्मान एवं पुरस्कृत गरेको छ ।

जिल्लामा क्रियाशील २१ जना पुरस्कृत पत्रकार मध्ये नेपाल टेलिभिजनका पाल्पा प्रतिनिधि सुनिल कार्की पनि लेखन वृत्ति पत्रकारिता पुरस्कार २०८० बाट सम्मानित हुनुभएको हो ।

पत्रकार कार्की एक दशक देखि मोफसलमा रही टेलिभिजन पत्रकारितामा सक्रिय हुनुहुन्छ भने पत्रकार महासङ्घ पाल्पाका कार्य समिति सदस्य समेत हुनुहुन्छ ।

पत्रकार महासङ्घ पाल्पाद्वारा आयोजित पुरस्कार वितरण कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्मान गर्दै पत्रकारिता समाज रुपान्तरणको प्रमुख माध्यम भएको भन्दै सुशान सहितको विकासमा पत्रकार जगतले महत्त्वपूर्ण भूमिका खेल्न आवश्यक रहेको बताउनुभयो ।

पुरस्कार वितरण कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, स्वास्थ्य मन्त्री खेम बहादुर सारू, पत्रकार सेनानीहरू मेघराज शर्मा, गोविन्द भट्टराई,झेपेन्द्र गहिरे लगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.